समाज


इन्टरपोलका पूर्वप्रमुख मङ खुङ्वेलाई साढे १३ वर्ष जेलसजाय

इन्टरपोलका पूर्वप्रमुख मङ खुङ्वेलाई साढे १३ वर्ष जेलसजाय

नेपालखबर
माघ ७, २०७६ मंगलबार ११:१३,

घुसखोरीको आरोप लागेका अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टर्पोलका पूवर्प्रमुखलाई एक चिनियाँ अदालतले १३ वर्ष छ महिनाको जेलसजाय सुनाएको बीबीसीले जनाएको छ।

मङ खुङ्वे इन्टर्पोलको नेतृत्व गर्ने पहिलो चिनियाँ नागरिक थिए। सन् २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट चीन गएका उनी बेपत्ता भएका थिए।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको चीनले पुष्टि गरेको थियो।

मङले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको स्वीकारेका छन्।
तिआन्जिन नं् वान पिपल्स कोर्टले ५६ वर्षीय मङलाई २० लाख युवान जरिवाना तिर्न पनि आदेश दिएको छ।

अदालतका अनुसार मङले फैसलाविरुद्ध पुनरावेदन नगर्ने बताएका छन्।

इन्टरपोलको मुख्यालय रहेको फ्रान्सबाट सन् २०१८ को सेप्टेम्बरमा चीन गएका मङ बेपत्ता भएका थिए।

इन्टरपोल प्रमुखका रूपमा उनको कार्यकाल सन् २०२० सम्म थियो।

तर इन्टरपोलका अनुसार मङ हराएको भनेर उनकी श्रीमतीले बताएको केही दिनपछि उनले राजीनामा दिए।

पछि अक्टोबरमा चिनियाँ अधिकारीहरूले उनलाई पक्राउ गरिएको पुष्टि गरे। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad