विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’को नयाँ गीत सार्वजनिक भएको छ।
टिजर सार्वजनिक भएको केही समयमै फिल्मको पहिलो गीतको भिडियो मंगलबार युट्युवमार्फत सार्वजनिक गरिएको हो।
‘जिन्दगीको के भर छ र’ बोलको गीतमा सुरज गैरेको शब्द, केतन क्षेत्रीको स्वर र सुवास भुसालको संगीत रहेको छ।
भिडियोमा अभिनेता विपिन कार्कीलाई प्रस्तुत गरिएको छ भने कतिपय चल र कतिपय अचल दृश्य समेत समावेश गरिएको छ।
विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्मा विपिनका अलवा लइमी बर्देवा, अभय बराल, भुवन चन्द, लोकमणि सापकोटा, जीवन भट्टराई लगायतका कालकारको अभिनय देख्न सकिन्छ।
फिल्मको निर्माण दिनेश राउत र सुवास थापाले गरेका हुन। यसअघि उनीहरुले ‘प्रसाद’ नामक चलचित्रको निर्माण गरेका थियो। यो चलचित्र पनि विपिन नै मुख्य भूमिकामा थिए।
सुशन प्रजापतिको छायांकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मल कुमार लामाको कोरियोग्राफी छ।
फिल्म यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने बताइएको छ।
हेरौँ भिडियो

प्रतिक्रिया