ad ad

समाज


जेल बसेर छुटेपछि कालिगढको काममा फर्किए लालबहादुर

जेल बसेर छुटेपछि कालिगढको काममा फर्किए लालबहादुर

नेपालखबर
साउन ३२, २०८० बिहिबार २१:५१, काठमाडौँ

साहुको फन्दामा फसेर सफाइ पाएका लालबहादुर विश्वकर्मा आफ्नो काममा फर्किएका छन्। 

सुनसरीको तरहरामा उनी सुन बनाउने कालिगढको काममा फर्किएका हुन्।

उनलाई उच्च अदालत विराटनगरले गत साउन १६ गते सफाइ दिएको थियो। जिल्ला अदालत सुनसरीको फैसला सुनाएको उल्टाउँदै उच्च अदालत विराटनगरले सफाई दिएको थियो।

करोडौँ ठगीको आरोप लगाइ दर्ता भएको मुद्दा सुनसरी जिल्ला अदालतले चार वर्षपछि गत पुसमा टुंगो लगाएको थियो। जिल्ला न्यायाधीश निर्मला योङयाको फैसलाले २७५ जना पीडितले न्याय पाउने बाटो खोल्यो।

तर, त्यही फैसलाले इटहरी उपमहानगरपालिका २० तरहराका गोपाल भन्ने लालबहादुर विश्कर्मालाई भने ठूलो अन्याय भएको थियो। 

लालबहादुर पासबुकमा सही गरेको आधारमा फन्दामा परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .