ad ad

समाज


कक्षा १२ को नतिजा : ४९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण, सबैभन्दा बढी अंग्रेजीमा कमजोर

कक्षा १२ को नतिजा : ४९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण, सबैभन्दा बढी अंग्रेजीमा कमजोर

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०८० बुधबार ८:५५, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले मङ्गलबार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार ४९ दशमलव ०९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण (फेल) भएका छन्। सबैभन्दा बढी विद्यार्थी अङ्ग्रेजी विषयमा कमजोर रहेको पाइएको छ। 

यस वर्ष गत वर्षभन्दा ३ प्रतिशतले नतिजामा सुधार आएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए। 

बोर्डमा अनुसार परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६ सय ३७, आंशितर्फ ६० हजार ९ सय ५९, ग्रेड वृद्धितर्फ १४ हजार १ सय ३५ र २०७२/७३ को ग्रेडवृद्धितर्फ १ हजार १ सय ६ जना गरी ४ लाख ४८ हजार ८ सय ३७ जना सहभागी भएका थिए। जसमध्ये नियमिततर्फ १ लाख ८९ हजार ७ सय ११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार १ सय ४० र २०७२/७३ को ग्रेडवृद्धितर्फ ६ सय ५० जना ग्रेडेड प्राप्त अर्थात् उत्तीर्ण भएका छन्। ५१ जनाको विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने थप पाँच जनाको परीक्षा रद्द गर्दै आगामी एक वर्ष कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी बोर्डले कारबाही गरेको छ। 

यस वर्षको परीक्षामा ६ हजार नौ सय ७६ अर्थात् १.८७ प्रतिशत विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात् ‘ए प्लस ग्रेड’ ल्याएका छन्। २०७९ को परीक्षामा भने चार हजार एक सय ७९ अर्थात् १.१५ प्रतिशत विद्यार्थीले मात्रै ‘ए प्लस ग्रेड’ ल्याएका थिए। २०७९ मा भन्दा यस वर्ष दुई हजार सात सय ९७ अर्थात् ०.७२ प्रतिशत बढी विद्यार्थीले उक्त जीपीए ल्याएका हुन्। 

यस वर्ष परीक्षा दिएका नियमिततर्फ तीन लाख ७२ हजार ६ सय ३७ परीक्षार्थीमध्ये ६ हजार नौ सय ७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन्। त्यस्तै ३८ हजार नौ सय ९९ जना विद्यार्थीले ३.२१ देखि ३.६० जीपीए, ६९ हजार एक सय ७४ विद्यार्थीले २.८१ देखि ३.२० जीपीए, ६३ हजार ७७ विद्यार्थीले २.४० देखि २.८० जीपीए, ११ हजार चार सय ३८ विद्यार्थीले २.१ देखि २.४० जीपीए र ४७  जना विद्यार्थीले १.६१ देखि २ जीपीए ल्याएका छन्। 

ननग्रेडेड (एनजी) ल्याउने विद्यार्थीको सङ्ख्या गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको बोर्डका अध्यक्ष डा. शर्माले जानकारी दिए। गत वर्ष एक लाख ८८ हजार चार सय १० जना अर्थात् ५१.९० प्रतिशत विद्यार्थीले एनजी (अनुत्तीर्ण) ल्याएका थिए भने यस वर्ष ४९.०९ प्रतिशत विद्यार्थीले मात्रै एनजी ल्याएका छन्। गत वर्षभन्दा २.८१ प्रतिशतले एनजी ल्याउने अर्थात् अनुत्तीर्ण हुनेको सङ्ख्या घटेको उनले जानकारी दिए।  

अङ्ग्रेजीमा सबैभन्दा बढी विद्यार्थी कमजोर 
बार्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी अङ्ग्रेजी विषयमा कमजोर देखिएको छ। नतिजाअनुसार अङ्ग्रेजी विषयमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको छ। सबैभन्दा धेरै अङ्ग्रेजीमा एक लाख नौ हजार पाँच सय २७ जना ननग्रेड भएका छन्। दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ तथा सामाजिक अध्ययनमा ५१ हजार एक सय चार जनाको ननग्रेड आएको छ। सबै विषयमा ३५ प्रतिशत अङ्क ल्याएमात्र ग्रेडेड वा उत्तीर्ण हुने व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .