ad ad

समाज


कक्षा १२ को नतिजामा चित्त बुझेन? पुनर्याेग र पुनःपरीक्षण गराउन पाइन्छ

कक्षा १२ को नतिजामा चित्त बुझेन? पुनर्याेग र पुनःपरीक्षण गराउन पाइन्छ

नेपालखबर
साउन ३१, २०८० बुधबार ८:४४, काठमाडौँ

मंगलबार सार्वजनिक कक्षा १२ को नतिजामा चित्त नबुझे पुनर्याेग तथा पुनः परीक्षण गर्न पाउन व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। 

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार आफ्नो नतिजामा चित्त नबुझेका परीक्षार्थीले १५ दिनभित्र प्रतिविषय रु ५ सय तिरेर पुनर्योग गराउन पाउनेछन्। त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था पनि गरिएको उनले जानकारी दिएका छन्। 

विद्यार्थीले उत्तरपुस्तिका पुनः परीक्षण गराउँदा पहिले परीक्षण गरेकाभन्दा नयाँ तीनजना परीक्षकबाट जाँच गराउने व्यवस्था गरिएको छ। 

तीन जनाले दिएको नम्बरको औसत निकाल्दा आएको प्राप्ताङ्क पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अङ्क कायम हुनेछ भने १० प्रतिशतभन्दा कम वा बढी भएमा नयाँ अङ्क कायम हुने बोर्डले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .