ad ad

कला


किन लिएका थिए अक्षयले क्यानाडाको नागरिकता?

किन लिएका थिए अक्षयले क्यानाडाको नागरिकता?

नेपालखबर
साउन ३१, २०८० बुधबार ९:१६, काठमाडौँ

बलिउडका चर्चित अभिनेता अक्षय कुमार मंगलबार (अगस्ट १५) देखि मात्र कानुनी रूपमा भारतको नागरिक बने। अर्थात् उनले मंगलबार भारतीय नागरिकता लिए। 

अभिनेता अक्षयले भारतको ७७औं स्वतन्त्रता दिवसका अवसरमा मंगलबार आफूले पाएको भारतीय नागरिकताको प्रमाणपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै खुसी प्रकट गरेका थिए। 

तस्बिरका साथ उनले लेखे, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी (भारतीय। स्वतन्त्रता दिवसको शुभकामना! जय हिन्द।’

वास्तवमा बलिउड अभिनेता भए पनि अक्षय यसअघि क्यानाडेली नागरिक थिए अर्थात् उनीसँग क्यानाडाको नागरिकता थियो। जसका कारण उनले बारम्बार आलोचनाको सामना गर्नुपरेको थियो। 

किन लिएका थिए अक्षयले क्यानाडाको नागरिकता?
अक्षय कुमारले विगतमा भनेका थिए– नब्बेको दशकमा एक यस्तो समय आयो, जतिबेला उनको करियर खराब चरणबाट गुज्रियो। 

समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार उक्त अवधिमा उनका १५ वटा फिल्म लगातार फ्लप भएका थिए।

त्यसपछि स्थिति यस्तो बन्यो कि अक्षय कुमारले क्यानाडाको नागरिकताका लागि आवेदन दिए। 

२०१९ को लोकसभा चुनावमा उनले मतदानमा भाग नलिँदा उनको नागरिकताबारे सामाजिक सञ्जालमा हंगामा मच्चिएको थियो।

प्रधानमन्त्री मोदीसँग लिएको त्यो अन्तर्वार्ता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेता अक्षय कुमारलाई अन्तर्वार्ता दिएका थिए, जुन २०१९ अप्रिल २४ मा प्रसारण भएको थियो। ६७ मिनेटको उक्त अन्तर्वार्ता भारतका अधिकांश समाचार च्यानलमा प्रसारण भएको थियो।

प्रधानमन्त्रीकै निवासमा लिइएको उक्त अन्तर्वार्तामा अक्षयले मोदीलाई उनका दिनचर्या, खानपिन, रुचि र बाल्यकालबारे प्रश्न गरेका थिए। 

जसलार्य अक्षय कुमारले गैरराजनीतिक अन्तर्वार्ता भनेका थिए। अनि प्रधानमन्त्री मोदीले पनि अन्तर्वार्ताका क्रममा खुसी व्यक्त गर्दै निर्वाचनको समयमा गैरराजनीतिक अन्तर्वार्ता दिन पाउँदा खुसी लागेको बताएका थिए। 

यो अन्तर्वार्ता सामाजिक सञ्जालमा टप ट्रेन्डमा थियो। 

तर त्यसबेला पनि अक्षय कुमारको नागरिकताका विषयमा प्रश्न उठेको थियो।  भनिएको थियो– प्रधानमन्त्री मोदीले बलिउडमा काम गर्ने भारतीय मूलका क्यानाडाली नागरिकलाई अन्तर्वार्ता दिए। 

अब भने अक्षय कुमारलाई नागरिकताका विषयमा कसैले खिसिट्युरी गर्न पाउने छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .