समाज


सप्ताहव्यापी खोप अभियानको छैठौं दिन : २३ हजार बढी पशुमा लगाइयो खोप

सप्ताहव्यापी खोप अभियानको छैठौं दिन : २३ हजार बढी पशुमा लगाइयो खोप

नेपालखबर
साउन ३०, २०८० मंगलबार २१:३६, काठमाडौँ

बागमती प्रदेशमा लम्पी स्किन रोग विरुद्धको सप्ताहव्यापी खोप अभियानमा आज छैठौं दिन २३ हजार ९ सय ९५ गाईभैंसीहरुमा खोप लागइएको छ।

प्रदेशको १३ वटै जिल्लामा गरी एक दिनमा सो परिणामको खोप लगाइएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए। 

यहि साउन २५ गतेबाट सुरु भएको सप्ताहव्यापी खोप अभियानमा हालसम्म भक्तपुरमा ६ सय ३७ गाईभैंसीमा खोप लगाइएको मन्त्रालयको तथ्यांक छ।

यस्तै, ललितपुरमा ७ सय ७, चितवनमा ४ हजार १ सय १९, धादिङमा २ हजार ४ सय १२ पशुवस्तुमा खोप लगाईएको छ। 

त्यसैगरि, सिन्धुलीमा १ हजार ९ सय ४, रामेछापमा १ हजार ६ सय २२, दोलखामा २ सय ८४, सिन्धुपाल्चोकमा १ हजार ५ सय ४१, मकवानपुरमा ३ हजार २, काभ्रेमा ३ हजार २ सय ४२, नुवाकोटमा १ हजार ७ सय २७ र रसुवामा १ हजार १८ वटा पशुवस्तुमा खोप लगाइएको मन्त्रालयको तथ्यांक छ। 

कृषि मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार १ लाख १० हजार ४ सय ४० गाईवस्तुमा यो रोगको संक्रमण देखा परेको छ। जसमध्ये ६ हजार २ सय ९१ पशुको मृत्यु भएको छ।

महामारीको रुपमा फैलिएको लम्पी स्किन डिडिज् नियन्त्रण गर्ने उदेश्यले मन्त्रालयले २५ गते देखि सप्ताहव्यापी रुपमा खोप अभियान थालनी गरेको हो। 

प्रदेशका ८ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत खोप लागाउने खोपकर्ता नियुक्त गरिएको छ।

कुल १ सय ४६ जना खोपकर्ताले १३ वटै जिल्लाका लम्पी स्किन प्रभावित स्थानीय तहका पशुवस्तुमा खोप लगाउने छन्। यो अभियान अन्र्तगत ५० हजार पशुवस्तुमा खोप लगाउने मन्त्रालयको लक्ष लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad