समाज


आँखा पाक्ने रोगको सङ्क्रमण घट्दै

आँखा पाक्ने रोगको सङ्क्रमण घट्दै

फाइल तस्बिर


नेपालखबर
साउन ३०, २०८० मंगलबार २१:५७, काठमाडौँ

आँखा पाक्ने रोग (कन्जिङटिवाईटिस) का बिरामी घट्दै गएका छन्। रोग फैलिएपछि अस्पतालमा एकाएक वृद्धि भएका आँखाका बिरामीको सङ्ख्या पछिल्ला दिनमा घट्दै गएको हो।

आँखा पाक्ने रोग फैलिएपछि अन्य रोगका बिरामी पनि अस्पताल जाने क्रम घटेको छ। अस्पताल जानेमध्ये ६० प्रतिशत हाराहारी आँखा पाक्ने रोगका बिरामी रहेका छन्।

भरतपुर आँखा अस्पतालका वरिष्ठ प्रशासक दयाशङ्कर चौधरीका अनुसार भरतपुर आँखा अस्पताल र यसअन्तर्गतका अस्पताल तथा आँखा उपचार केन्द्रमा हिजो सोमबार एक हजार चार सय २१ बिरामी उपचारका लागि आएका थिए। तीमध्ये आठ सय ३१ जना ९५८ दशमलव ४८ प्रतिशत० आँखा पाक्ने रोगका बिरामी छन्।
 
भरतपुरमा रहेको मुख्य अस्पतालमा पाँच सय ४६ बहिरङ्ग (ओपिडी) का बिरामी आएकोमा एक सय ६६ आँखा पाक्ने रोगका रहेका थिए।

यस हिसाबले ३० दशमलव ४० प्रतिशत मात्रै आँखा पाक्ने रोगका बिरामी छन्। सेकेण्डरी आँखा अस्पताल ठोरीमा दुई सय २० बिरामीमध्ये एक सय ४४ जना ९६५ दशमलव ४५ प्रतिशत० आँखा पाक्ने रोगका छन्।
 
भरतपुर ओरालोमा रहेको सिटी क्लिनिकमा एक सय चार जना बिरामी मध्ये ८२ जना (७८ दशमलव ८५ प्रतिशत) आँखा पाक्ने रोगका आएका छन्। अस्पतलका चितवन, धादिङ, तनहुँ, नवलपरासी, सर्लाहीमा रहेका १४ वटा आँखा उपचार केन्द्रमा पाँच सय ५१ बिरामी बहिरङ्गमा आएकामध्ये चार सय ३९ जना (७९ दशमलव ६७ प्रतिशत) आँखा पाक्ने रोगका छन्।
 
आइतबार एक हजार एक सय ९८ बिरामी बहिरङ्ग सेवामा थिए। तीमध्ये सात सय १८ जना (५९ दशमलव ९३ प्रतिशत) आँखा पाक्ने रोगका रहेका चौधरीले जानकारी दिए।
 
अघिल्लो आइतबार अस्पताल र मातहतका केन्द्रमा दुई हजार तीन सय ५७ जनाले सेवा लिएका थिए। त्यसमध्ये ६० प्रतिशत हाराहारी आँखा पाक्ने रोगका थिए। अघिल्लो हप्ताभन्दा यस हप्ता बिरामीको सङ्ख्यामा कमी आएको छ।

चौधरीले अस्पताल आउने ६० प्रतिशत हाराहारी बिरामी आँखा पाक्ने रोगका रहेका जानकारी दिए। आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या घट्दै गएको उनको भनाइ छ।
 
गएको हप्ता जिल्लाका शिक्षण संस्थासमेत बन्द रहेका थिए। विद्यालय बन्द भएको समय पारेर धेरै बिरामी अस्पताल आएको उनको भनाइ छ। 

‘घरमा एउटाले परीक्षण गरेपछि त्यही औषधि पसलबाट किनेर प्रयोग गरेको पाइएको छ, जसले गर्दा परीक्षण गराउन आउनेको सङ्ख्या घटेको हो,’ यसरी परीक्षण नै नगरी एउटाले प्रयोग गरेको औषधि अर्कोले प्रयोग गर्न नहुने चिकित्सकलाई उद्धृत गर्दै चौधरीले बताए।ण्
 
आँखा पाक्ने बिरामीको उमेर, बिरामीको जटिलताको अवस्था हेरी फरकफरक औषधि प्रयोग गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।

चिकित्सकसँग परामर्श नगरी एउटा औषधि सबैले प्रयोग गर्न नहुने उनीहरूको सुझाव छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad