ad ad

समाज


सहिदनगर नगरपालिकाका इन्जिनियर चौधरी घुसहित पक्राउ

सहिदनगर नगरपालिकाका इन्जिनियर चौधरी घुसहित पक्राउ

नेपालखबर
साउन २८, २०८० आइतबार १८:१, काठमाडौँ

धनुषा जिल्लाको सहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरी घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरी र उनका साथी गुरुदेव यादवलाई एक लाख रुपैयाँ नगद र एक लाख ७५ हजार रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो।

इन्जिनियर चौधरीले वाल निर्माण कार्य सम्पन्न पश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस–रिसवत माग गरेको अख्तियारले जनाएको छ।

सो सम्बन्धी सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले इन्जिनियर चौधरी र यादवलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

उक्त रकम र एक लाख ७५ हजार रुपैयाँको चेकसहित सहिदनगर नगरपालिका–३ स्थित पशु सेवा केन्द्रको भवनबाट उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .