दाङ जिल्लाको घोराही उपमहानगरपालिका–९ तेघरास्थित हापुर खोलाको किनारमा खोलाले बगाएर ल्याएको शव फेला परेको छ।
मृतक घोराही उपमहानगरपालिका–११ झमरे बस्ने वर्ष ६४ को तिलकराम विक रहेको प्रहरीले जनाएको छ।
पत्रे खोलाको किनारमा दिसा गर्न गएका तिलकलाई सो खोलामा आएको बाढीले बगाएको थियो।
सधैँ सोही खोलामा दिसा गर्न जाने र आज समेत सोही खोलाको किनारमा दिसा गर्न गएको र अबेरसम्म घरमा नफर्किएकोले सम्बन्धित घरका ब्यक्तिहरु गई हेर्दा उक्त स्थानमा निजको छाता, चश्मा र लठ्ठी फेला परेको थियो।
तिलकराम फेला नपरेकोले सोही खोलाले बगाएको हुन सक्ने भनी अस्थायी प्रहरी पोष्ट बेलझुण्डीमा खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक टीकाबहादुर कुँवरको कमाण्डमा ४ जना, ईप्रका नारायणपुर दाङबाट ५ जना, ईप्रका मलवारबाट प्रहरी नायव निरीक्षक भीमबहादुर बस्नेतको कमाण्डमा ४ जनाको टोली र प्रहरी चौकी बिजौरीबाट प्रहरी नायव निरिक्षक हरिप्रसाद देवकोटाको कमाण्डमा ४ जना गरी जम्मा १७ जनाको टोली खोजीका लागि खटी गएको थियो।
यस्तै, खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक मीरा खड्काको कमाण्डमा ११ जनाको टोली उद्धारका सामान सहित गएकोमा उनको शव हापुर खोलाको किनारमा घोप्टो परेर घाँसमा अडकिएको अवस्थामा फेला परेको थियो। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Shares

प्रतिक्रिया