ad ad

खेल


साम्बा सम्मिलित टोली ‘हापोएल’ आरएच वुमन्स क्लबसँग भिड्दै

साम्बा सम्मिलित टोली ‘हापोएल’ आरएच वुमन्स क्लबसँग भिड्दै

नेपालखबर
साउन २८, २०८० आइतबार १६:०, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा सम्मिलित हापोएल रानानाले अथेना कपमा आरएच वुमन्स फुटबल क्लबसँग खेल्दैछ।

खेल नेपाली समय अनुसार राति ११ बजेपछि सुरु हुनेछ। आजको खेलमा साम्बाले मौका पाए इजरायलको हापोयल क्लबबाट युरोपियन कपमा डेब्यु गर्ने सम्भावना छ।

अथेना कपमा शीर्ष डिभिजनको लिग खेल्ने ८ टोली सहभागी छन्। साम्बा इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानामा एक सिजनका लागि अनुबन्ध भएकी हुन्।

शीर्ष लिगका लागि साम्बा साउन १६ गते इजरायल पुगेकी थिइन्।

मालदिभ्सबाट व्यावसायिक खेल जीवन सुरु गरेकी साम्बाले भारतीय लिगमा तीन सिजन बिताइसकेकी छन्। तिनै सिजन क्लबलाई च्याम्पियन बनाउन साम्बाले महत्त्वपूर्ण भूमिका खेलिन्।

राष्ट्रिय टोलीबाट ४५ खेलमा ४४ गोल गरेकी साम्बा नेपालको सर्वाधिक गोलकर्ता हुन्। 

आरएच वुमन्स क्लबले भने खेलाडीको समस्या देखाउँदा अन्तिम समयमा आएर आजको खेल हुने नहुने अनिश्चित बनेको छ।

यदी आजको खेल रोकिए साम्बाको डेब्यू पछि धकेलिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .