धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ फरक काम (जनश्रमदान) ले मात्र होइन, सामाजिक सञ्जालमा बारम्बार व्यक्त गरिरहने अभिव्यक्तिका कारण पनि चर्चामा छन्।
उनी सामाजिक सञ्जालमै पनि विभिन्न विषयमा बहस गरिरहेका हुन्छन्। मनमा आएको कुरा लेखिहाल्छन्।
अहिले आएर भने उनले आफूले अलि धेरै बोलेको हो कि भन्ने महसुस गरेका छन्।
त्यसैले उनी सामाजिक सञ्जालमा लेख्छन्– ‘नुन चाहिन्छ तर, धेरै भो भने चर्को हुन्छ। मैले बोल्नु पनि पर्छ तर, धेरै बोल्दा कुरा बिग्रिन्छ, देश बिग्रिन्छ, त्यसैले अब म कम बोल्छु।’
81
Shares

प्रतिक्रिया