समाज


विदेश गएका श्रमिकको मुत्यु भएमा परिवारले १५ लाख पाउने

विदेश गएका श्रमिकको मुत्यु भएमा परिवारले १५ लाख पाउने

नेपालखबर
साउन २४, २०८० बुधबार १८:५२, काठमाडौँ

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ।

वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरू विदेशमा नै मृत्यु वा अंगभंग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो।

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई विसं २०६७ सालमा दिने सुविधा अहिले समयअनकुल नभएको भन्दै वृद्धि गर्ने वैदेशिक रोजगार बोर्डले निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए।

उनले बुधबार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरूसँगको छलफल कार्यक्रम बोल्दै यस्तो बताएका हुन्। उनले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको विदेशमा नै मुत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १५ लाख पुर्याउने तयारी रहेको बताए।

सचिव भण्डारीले मृतकको सन्ततीलाई प्रदान गरिने शैक्षिक छात्रवृत्ति ८ लाख र १२ लाख प्रतिवर्ष रहेकामा १२ हजार ५ सय र १६ हजार ५ सय प्रतिवर्ष बनाउने निर्णय भएको बताए।

उनले अवैधानिक रुपमा वैदेशिक रोजगारमा गएर विदेशमा मुत्यु हुनेहरूले पाउने २५ हजारलाई पनि उल्लेख्य बनाउने योजना सरकारको रहेको बताए। उनले त्यसलाई नियममा संशोधन गर्नुपर्ने भएकाले संशोधनको लागि मन्त्रिपरिषद्मा लग्ने तयारी रहेको बताए।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले फ्री भिसा फ्री टिकटको मापदण्डलाई व्यवस्थित गर्ने बताए। उनले व्यवसायीहरूबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरू ठगि गर्नेहरूलाई तत्काल कारबाही गरी कानूनी कठघरामा उभ्याउने बताए।

उनले मंगलवार मात्रै नक्कली कागज बनाएर ठगि गर्ने मेनपावरको इज्जातपत्र नै खारेज गरेको बताए। उनले मंगलवार टी स्क्वायर प्राइभेट लिमिटेड मेनपावरको इज्जातपत्र खारेज गरेको बताए।

उनले व्यवसायीहरू नै वैदेशिक रोजगारीमा जानेहरूलाई ठगि गर्ने कार्यमा सहभागिता रहेको बताए। उनले मुलुकी संहितामा भएको मेलमिलाप सम्बन्धीको नीति नै ठगी रोक्न बाधक रहेको बताए। ५ करोड रुपैयाँ ठगि गरेपनि मेलमिलापको नीतिले ५ करोड फिर्ता गरेपछि सकिने रहेकाले ठगी गर्न प्ररित गरिरहेको महानिर्देशक दाहालको भनाइ छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad