ad ad

समाज


आठवटा घरमा आगो लगाएका रत्नको बयान : गरिब भनेर कसैले नपत्याएपछि अपराधको बाटो रोजेँ

आठवटा घरमा आगो लगाएका रत्नको बयान : गरिब भनेर कसैले नपत्याएपछि अपराधको बाटो रोजेँ

आगजनीपछि समातिएका रत्न अधिकारी। तस्बिर : नेपाल प्रहरी


नेपालखबर
साउन २४, २०८० बुधबार १९:३, काठमाडौँ

जुम्लामा एउटा अटो, ट्याक्टर र आठवटा घरमा आगो लागाएको अभियोगमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ। 

मध्यरातमा एकपछि अर्को घर र स्थानमा आगलागीका घटना बढेपछि प्रहरीले अनुसन्धान थालेको थियो। प्रहरीको अनुसन्धानबाट पक्राउ परेका ३० वर्षीय रत्न अधिकारीले गरिबीकै कारण कसैले उधारोसमेत नपत्याएपछि अपराधको बाटो रोज्न बाध्य भएको बयान दिएका छन्। 

गुठीचौर गाउँपालिका–४ का अधिकारी अहिले चन्दननाथ नगरपालिका भण्डारीबाडामा बस्ने गरेका छन्। 

उनैले अटो रिक्सा, ट्याक्टर र आठवटा घरमा आगो लगाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताए। 

अधिकारीले गत असार २६ गते गुठीचौर गाउँपालिका–४ बालुमा पार्किङ गरेको अटो जलाइदिएका थिए। 

स्थानीय कृष्णबहादुर अधिकारीसँगको रिसइबीका कारण अटो जलाइदिएको बयान उनले प्रहरीलाई दिएका छन्। 

‘कृष्णबहादुरसँग सोध्दा चामलको विषयलाई लिएर रत्नसँग विवाद खुलेको छ,’ कार्कीले भने, ‘आगजनीका धेरै घटना साउन ५ गते भएपछि हामीले विशेष निगरानी बढाएर अनुसन्धान गर्दा पक्राय परेका हुन्।’

अधिकारीले साउन लागेयता चन्दननाथ–१ डुडाखोजस्थित रतनबहादुर बुढाको घरको दोस्रो तलाको बार्दलीमा झुण्डाइएको डस्नामा मध्यराति आगो लगाइदिएका थिए। 

उनैले गुठीचौर–४ बिगारेमा भीमप्रसाद घरको भुइँतलामा राखिएको गहुँको भुसमा मध्यराति १२ बजे आगो लगाएको पनि स्वीकारेका छन्। 

त्यही दिन राति १ बजे गुठीचौर–४ खल्लावाडाका लालचन्द्र सार्की र उक्त गाउँपालिकाको डाँडावाडास्थित कविदत्त न्यौपानेको घरको दलानमा रहेको खाटमा आगो लगाइदिउका थिए।

त्यसक्रममा डस्नामा आगो सल्किँदा घरको झ्याल र बार्दलीमा पनि जलेको छ। 

त्यही राति साढे १ बजे उनैले गुठीचौर-४ डाँडावाडास्थित अर्का कविदत्त न्यौपानेको ढुङ्गामाटो र जस्ताले बनेको घरसँगैको गोठमा आगो लगाएका थिए। 

त्यही राति पौने २ बजे गुठीचौर–४ धवलपुराका खडानन्द पाण्डे र धवलपुराकै प्रेमप्रसाद न्यौपानेको घरमा पनि उनैले आगजनी गरेको रत्नले स्वीकारेका छन्। 

घरमा आगो लगाउँदै हिँडेका उनले त्यही राति सवा ३ बजे गुठीचौर-५ स्थित सडक निर्माणका लागि राखेको रारा तेन्जिन कन्स्ट्रक्सनको लु ५ त १२४४ नम्बरको ट्याक्टर जलाइदिएका थिए। 

एकै रात झन्डै दर्जन अपराध गरेका रत्नले प्रहरीसँगको बयानमा आफू गरिब भएकाले कसैले ऋण र उधारो नपत्याएपछि निराश भएर अपराध गर्न पुगेको बयान दिएको डीएसपी कार्कीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .