ad ad

समाज


आँखा पाक्ने रोग बढेसँगै पोखराका विद्यालय तीन दिन बन्द

आँखा पाक्ने रोग बढेसँगै पोखराका विद्यालय तीन दिन बन्द

फाइल फोटो/ आँखा जाँच


नेपालखबर
साउन २३, २०८० मंगलबार १३:१४, पोखरा

आँखा पाक्ने रोगको प्रकोप बढेसँगै पोखरा महानगरपालिकाले आँखा पाक्ने रोकको संक्रमण बढेसँगै नगर क्षेत्रभित्रका विद्यालयहरु तीन दिन बन्द गर्ने निर्णय गरेको छ।

महानरपालिकाको आह्वानमा भएको सरोकारवालाहरुको बैठककले ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ अर्थात् आँखा पाक्ने रोगबाट बालबालिकालाई जोगाउन सो निर्णय गरेको हो।

महानगरका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीका अनुसार साउन २४ गतेदेखि २६ गतेसम्म पोखराका संस्थागत, सामुदायिक र मन्टेश्वरी स्कूलहरु बन्द रहनेछन्। अहिले दिइएको बिदालाई सार्वजनिक, बर्खे वा हिउँदे बिदाबाट कट्टा गर्ने निर्णय भएको पनि उनले सुनाए।

पछिल्ला केही दिनयता पोखरामा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको छ। पोखराका रहेको हिमालयन आँखा अस्पतालका अनुसार अहिले दैनिक ५ सयभन्दा बढी बिरामी आँखा पाक्ने रोगका कारण आउने गरेका छन्।

त्यसमा बालबालिकाको संख्या बढी रहेको अस्पतालका प्राध्यापक डाक्टर प्राडा इन्द्रमान महर्जनले जानकारी दिए। उनका अनुसार यो रोगको संक्रमण बालबालिकामा उच्च रहेको छ।

उनका अनुसार संक्रमणले आँखा पोल्ने, बिझाउने, आँसु धेरै आउने, आँखा रातो देखिने,सुन्निने र अन्त्यमा आँखा हेर्नै नमिल्ने हुन्छ। आँखाको सेतो भागबाट सुरु हुने संक्रमण नानीसम्म पनि पुग्यो भने खतरा हुने उनले बताए। यद्यपि यो रोग हावाबाट चाहिँ सर्दैन। आँखाको तरल पदार्थबाट भाइरस फैलने र उनीहरुले प्रयोग गर्ने सामान छुँदा वा प्रयोग गर्दा संक्रमण फैलने गरेको पनि उनले बताए।

‘यो आँखाको कोरोना भाइरसजस्तै हो,संक्रमणबाट आत्तिनुपर्दैन तर नानीसम्म नै संक्रमण बढ्यो भने चाहिँ खतरा हुन्छ,’उनले भने,‘आँखा नमाड्न,जथाभावी औषधि प्रयोग नगर्न तथा संक्रमण देखिएपछि अस्पताल जान हाम्रो सुझाव छ।’

भाइरसले ज्यादा सताएमा एन्टीबायोटिक प्रयोग गर्नुपर्ने पनि उनले बताए।

हिमालय आँखदा अस्पतालकी मेडिकल निर्देशक डा इलिया श्रेष्ठका अनुसार संक्रमण फैलिइरहेको छ र अहिले सबै उमेर समूहका व्यक्तिहरु संक्रमित भइरहेका छन्। घर बाहिर नजाने र उचित हेरचाह गर्दा एकहप्तामा संक्रमण निको हुने उनले बताइन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .