ग्लोबल


भारतीय कम्पनीको कफ सिरप प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनको चेतावनी

भारतीय कम्पनीको कफ सिरप प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनको चेतावनी

नेपालखबर
साउन २३, २०८० मंगलबार १३:१४, काठमाडौँ

विश्व स्वास्थ्य संगठन (डब्लएचओ) ले इराकमा भारतीय कम्पनीले बनाएको एक कफ सिरपलाई लिएर चेतावनी जारी  गरेको छ। 

डब्लुएचओले भारतीय कम्पनीबाट निर्मित यो कफ सिरपमा दूषित रसायन पाइएको जानकारी दिएको छ। 

समाचारअनुसार डब्लुएचओले अघिल्लो वर्ष निर्मित कोल्ड आउट सिरपको प्रयोग गर्नुलाई असुरक्षित भनेको छ।

खासगरी बालबालिकाहरु यस सिरपको प्रयोगबाट गम्भीर बिरामी या मृत्युको शिकारसमेत हुने डब्लुएचओले जनाएको छ। 

कोल्ड आउट सिरपलाई ड्याबिलाइफ फर्माका लागि फोर्ट्स (इन्डिया) ल्याबोरेटरिजले बनाएको हो।

फोर्ट्सका उपप्रमुख बाला सुरेन्द्रनले गत महिना ब्लुमबर्गलाई बताएअनुसार यो औषधि बनाउने काम अब पुडुचेरीस्थित शरुन फार्मासुटिकल्स प्राइभेट लिमिटेडलाई दिइएको छ।

उनले  फोर्ट्ससँग औषधिको नमुना सुरक्षित रहेको बताउँदै ती कुनै पनि समस्या नदेखिएको जनाएका छन्। 

प्यारासिटामोल र क्लोरफेनिरामाइनलाई मिलाएर कोल्ड आउट सिरप चिसो र एलर्जीको लक्षण हुँदा दिने गरिन्छ।

समाचार अनुसार विश्व स्वास्थ्य संगठनले सिरपमा डाइथिलिन (०.२५ प्रतिशत) र एथिलीन ग्लाइकोल (२.१ प्रतिशत) जस्ता दूषित तत्वको मात्रा तोकिएको सीमाभन्दा धेरै पाइएको हो। यी दुवै तत्वको प्रयोग गर्ने सुरक्षित सीमा ०.१० प्रतिशत छ।

एक वर्षमा यो पाँचौँ पटक पाँचौँ पटक जब कुनै भारतीय कम्पनीको औषधिमा एथिलिन ग्लाइकोल अत्यधिक मात्रामा पाइएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad