ad ad

समाज


गृह सचिव र प्रहरी महानिरीक्षकबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

गृह सचिव र प्रहरी महानिरीक्षकबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

नेपालखबर
साउन १९, २०८० शुक्रबार १६:५७, काठमाडौँ

गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ।

शुक्रबार आयोजित समारोहमा गृह सचिव भट्टराई र प्रहरी महानिरीक्षक कुँवरले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन्।

नेपाल सरकार गृह मन्त्रालयको कार्यक्षेत्र बमोजिमको कार्य सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५ को नियम ११ बमोजिम गृह सचिव र प्रहरी महानिरीक्षक बीच उक्त सम्झौता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .