ad ad

समाज


प्रहरी महानिरीक्षकबाट ८८ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

प्रहरी महानिरीक्षकबाट ८८ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

नेपालखबर
साउन १७, २०८० बुधबार २०:९, काठमाडौँ

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नती भएका ८८ जना प्रहरी अधिकारीलाई दर्ज्यानी चिह्न प्रदन गरेका छन्।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको साउन १६ गतेको निर्णयले प्राविधिक तथा प्रशासनतर्फ ८८ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका १६ जना, प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ८ जना र प्रशासनतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ६४ जना रहेका छन्।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारीलाई पदीय मर्यादा रहने गरी संगठनको श्रीवृद्धिलाई अर्जुनदृष्टि बनाएर काम गर्न निर्देशन दिए।

राम्रो काम गर्ने प्रहरी कर्मचारीप्रति संगठन सदैव उदार रही योगदानको कदर गर्दै आएको उल्लेख गर्दै संगठनको प्रतिष्ठामा आँच आउने गरी गैरव्यावसायिक आचरण र क्रियाकलापमा संलग्न हुने छुट कसैलाई नभएको उनले बताए।
   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .