ad ad

राजनीति


कमल थापाले राजेन्द्र लिङ्देनलाई भने : आउनोस् सँगै आन्दोलन गरौँ

कमल थापाले राजेन्द्र लिङ्देनलाई भने : आउनोस् सँगै आन्दोलन गरौँ

नेपालखबर
साउन १७, २०८० बुधबार २०:२२, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नाम लिँदै सत्ताको फोहरी खेलमा नलागी आन्दोलनको लागि सडकमा आउन आग्रह गरेका छन्।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत समारोहमा बोल्दै थापाले  पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शन अनुसार सत्ता केन्द्रित नभई विचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने स्पष्ट पारे।

‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाको लागि जनआन्दोलनको विकल्प छैन, राप्रपाले सडकमा आउने हिम्मत गरोस्, हामी सँगै आन्दोलनमा जान तयार छौँ’, थापाले भने ‘नेतृत्व समस्याको विषय हुँदैन। थापाले केशरबहादुर बिष्ट, दुर्गा प्रसाईं, किशोरी महतो लगायत विभिन्न समूहमा रहेका शक्तिहरुलाई पनि एकताबद्ध भएर आन्दोलनको आँधिबेहरी सिर्जना गर्ने अभियानमा संलग्न हुन आह्वान गरे। अहिले हामीलाई आन्दोलन चाहिएको छ, निकास चाहिएको छ, विकास चाहिएको छ, भ्रष्टाचारको अन्त्य हाम्रो चाहना हो।’

अहिले सबै यो आन्दोलनको सिपाहीको रुपमा रहने र  पद प्रतिष्ठा गौण विषय हुने समेत थापाले बताए।

सो अवसरमा तत्कालिन सङ्खुवासभा जिविसका सभापति पदमकेशर कार्की र पर्सा जिविस सभापति शम्भु चौरसियालाई थापाले दोसल्ला ओढाई सम्मान समेत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .