समाज


१६ औं योजना महत्वकांक्षी हुँदैन, पूरा हुने लक्ष्यमात्रै समेटिन्छ : उपाध्यक्ष डा. श्रेष्ठ

१६ औं योजना महत्वकांक्षी हुँदैन, पूरा हुने लक्ष्यमात्रै समेटिन्छ : उपाध्यक्ष डा. श्रेष्ठ

नेपालखबर
साउन १५, २०८० सोमबार १४:५९, काठमाडौँ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६औँ योजना महत्वाकांक्षी नभई यथार्थपरक बन्ने बताएका छन्।

सोमबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उपाध्यक्ष श्रेष्ठले हासिल हुने यथार्थपरक योजना बनाइने बताएका हुन्।

उनले कोभिड महामारी, रुस–युक्रेन युद्ध लगायत विविध कारणले १५औँ योजनाको लक्ष्य पूरा हुन नसकेको बताए। १६औँ योजना भने पूरा हुने लक्ष्य मात्रै राखिने उनले बताए।

चौधौं योजनाका धेरै लक्ष्यहरु पूरा भएको भन्दै उनले १६ योजनाको तयारीमा पनि धेरै अध्ययन गरेर यथार्थपरक मात्रै लक्ष्यहरु राखिने उनले बताए।

योजनाको डकुमेन्ट्स पनि यसपटक भद्दा नहुने भन्दै उनले भने, ‘हामी सबैले पढ्न मिल्ने सरल र सहज डकुमेन्ट्स बनाइनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad