सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छिन्।
सोमबार सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारले व्यवस्थित रुपमा ऐन कानूनहरुलाई परिमार्जन गरेर सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गरी मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्ने बताइन्।
उनले सूचना प्रविधिको विकासका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको पनि बताइन्।
मन्त्री शर्माले अब नेपालबाट विदेशमा श्रमिक नभएर सेवा निर्यात गर्न सक्नुपर्ने बताइन्। उनले यसका लागि सरकारले सूचना प्र्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताइन्।
उनले विज्ञहरूको सुझाव लिएर सरकारले नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रमको परिमार्जन गरी अघि बढ्ने उल्लेख गरिन्।
‘सरकारले व्यवस्थित रुपमा ऐन कानूनहरुलाई परिमार्जन गरेर सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गर्ने हो भने मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा हुनेछ। यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने लागेको छ,’ उनलेल भनिन्, ‘अब नेपालबाट विदेशमा श्रमिक होइन सेवा निर्यात गर्नसक्छौं। यसका लागि सरकारले सूचना प्र्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ।’
उनले नेपालले पनि सूचना प्रविधिको क्षेत्रलाई विकास गर्न सबैको सहकार्य आवश्यक रहेको बताइन्। प्रविधिको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको पनि उनले बताइन्।
‘विज्ञहरूको सुझाव लिएर सरकारले नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रमको परिमार्जन गरी अघि बढ्ने छ। सूचना र प्रविधिको क्षेत्रलाई अघि बढाउनको निम्ति विश्वमा प्रविधिको विकास गरिरहेको छ,’ मन्त्री शर्माले भनिन्, ‘नेपालले पनि सूचना प्रविधिको क्षेत्रलाई विकास गर्न सबैको सहकार्य आवश्यक रहेको छ। प्रविधिको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार लाग्नुपर्छ। मन्त्रालय तयार छ।’
उनले संघीय निजामती ऐनमा आईटी समूह राख्नका लागि प्रयास भइरहेको बताइन्।
मन्त्री शर्माले सरकारी सेवालाई नै आधुनिक बनाउने बाहेक सरकारले नयाँ कार्यक्रममार्फत पूर्वाधार निर्माण तथा सेवाको गुणस्तर बढाउन काम गरिरहेको उल्लेख गरिन्।
Shares

प्रतिक्रिया