ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुद्रप्रसाद श्रेष्ठ र चिफ डिभिजन इन्जिनियर (उपसचिव) बालकृष्ण श्रेष्ठलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।
यो सँगै बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुग्यो।
यसअघि पक्राउ परेका १४ जनालाई आज थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। उनीहरुविरुद्ध किर्ते र संगठित अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
यो कसुरमा ६० दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ।
यो पनि पढ्नुहोस्:
180
Shares

प्रतिक्रिया