ad ad

समाज


एलिस राईको बयान : पैसा आउँछ भनेपछि भिडिओ अपलोड गरेँ, २५/३० हजार कमाएँ

एलिस राईको बयान : पैसा आउँछ भनेपछि भिडिओ अपलोड गरेँ, २५/३० हजार कमाएँ

फाइल तस्बिर


नेपालखबर
असार २५, २०८० सोमबार १२:११, काठमाडौँ

प्र्यांक गरेर चर्चा कमाएका कलाकार एलिस राईले ‘वान एक्स बेट’बारेको भिडिओ आफ्नो युट्युब च्यानलमा हालेर करिब ३० हजार रुपैयाँ आम्दानी गरेको बताएका छन्।

गत जेठ ३२ गते पक्राउ परेका उनले जिल्ला सरकारी वकिलसँगको बयानका क्रममा आफूले नेपालमा ‘वान एक्स बेट’को एजेन्टका रुपमा रहेका दिनेश खड्कासहितलाई नचिनेको बताएका छन्।

‘मलाई केही समय अगाड मैले नचिनेको मानिसबाट ईमेल प्राप्त भएको थियो। उनले मेलमा टेलिग्राममार्फत कुराकानी गरौँ भने। मैले उनीसँग टेलिग्राममा कुरा गर्ने क्रममा युट्युबबाट एलिस राई नामको च्यानल चलाइरहेको छु। उने कुनै एउटा साइटको विज्ञापन गरौँ भनेको थिए। विज्ञापन बेटिङसम्बन्धी हो भन्ने जानकारी नदिई गेम खेलेर पैसा कमाउनु होला भन्न लगाई विज्ञापन हाल्न लगाए’,  उनले भनेका छन्, ‘महिनाको १५ देखि २५ हजारसम्म कमाई हुन्छ भनेकोले मैले निजले भने बमोजिमको १५ सेकेण्डको विज्ञापन तयार गरी युट्युबमा अपलोड गरेको हो। मैले हालसम्म कोही कसैलाई वान एक्स बेट खेलाएको छैन। मैले पनि खेलेको छैन । मैले बेटिङ गर, सट्टेबाजी गर भनेर मेरो कुनै पनि भिडियोमा भनेको छैन, प्रोत्साहन पनि गरेको छैन।’

उनले अनलाइन जुवा खेलाउन नेपालका एजेन्टका रुपमा रहेका दिनेश खड्कासँग आफ्नो चिनजान नरहेको बताएका छन्। एलिसले आफूले दिनेशहरुले कसरी खेलाए, कसलाई खेलाए थाहा नभएको पनि बताएका छन्। आफूले गरेको विज्ञापनवाट कसैले सट्टेबाजी लगाएको आफूलाई जानकारी नभएको पनि बताएका छन्। 

उनले विज्ञापन बजाएपछि आफ्नो खातामा पैसा जम्मा हुने गरेको पनि बताएका छन्। ‘मलाई टेलिग्राममा मेसेज आएपश्चात १५ सेकेन्डको भिडिओ अपलोड गर्दा पैसा आउँछ भनेपछि त्यो भिडियोलाई एलिस राई युट्युब च्यानलमा अपलोड गरेको हो’, बयानमा एलिसले भनेका छन्, ‘भिडिओको बीचमा बज्ने गरी अपलोड गरी युट्यबमा विज्ञापन मात्र गरेको हुँ। मैले वान एक्स बेट विज्ञापन गरी हालसम्म २५/३० हजारजति आर्थिक लाभ लिएको छु। मेरो खातामा कसले कहाँबाट रकम जम्मा गर्थे मलाई थाहा भएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .