अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई घुस रकमसहित पक्राउ गरेको छ।
ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियारले जनाएको छ।
सो सम्बन्धी सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले लेखा अधिकृत ढकाललाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नगरपालिकाको कार्यालयबाट नियन्त्रणमा लिएको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जनाएका छन्।
87
Shares

प्रतिक्रिया