समाज


लापसे गरेर सवारी साधन चलाउने ६ जना चालक नियन्त्रणमा

लापसे गरेर सवारी साधन चलाउने ६ जना चालक नियन्त्रणमा

नेपालखबर
असार २४, २०८० आइतबार १६:४९, काठमाडौँ

काठमाडौंको नागढुङ्गाबाट ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा बा ४ ख ६३ ६४ नम्बरको ट्रक चालक नुवाकोटको ककनी गाउँपालिका ३ का २० वर्षीय कृष्णबहादुर तामाङ, लु २ ख १७ ७६ नम्बरको मिनी ट्रक चालक पर्वतको जलजला गाउँपालिका ८ का २५ वर्षीय डमबल सार्की, बागमती प्रदेश०२–०२५ च ९० ५५ नम्बरको पिक अप चालक धादिङको गजुरी गाउँपालिका ५ का २५ वर्षीय संजय राई रहेका छन्।

यस्तै, बागमती प्रदेश ०३–००१ च १५ ४९ नम्बरको पिक अप चालक चितवनको भरतपुर महानगरपालिका ११ का २८ वर्षीय गोविन्द कुमाल, बागमती प्रदेश ०३–००१ च ११ ३६ नम्बरको पिक अप चालक मकवानपुरको थाहा नगरपालिका ३ का २९ वर्षीय रमेश खत्री र बा २० च ७१ २८ नम्बरको कार चालक काठमाडौंको बालुवाटारका ३० वर्षीय सम्राट प्रसाईँ लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोटमा राखिएको छ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो, ट्राफिक प्रहरी प्रभाग नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलिले आज‍ २५ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ६ जना ‍लागुपदार्थ सेवन  गरी  सवारी साधन चलाएको अवस्थामा फेला परेका थिए।  

लागुपदार्थ सेवनले सेवनकर्ताको शारीरिक तथा मानसिक स्थितीमा परिवर्तन ल्याउनुका साथै यसको सेवन गरेर सवारी साधन चलाउँदा सवारी दुर्घटनाको समेत जोखिम हुने भएकाले नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad