ad ad

समाज


वकिल र अदालतका कर्मचारीबीच सहमति, आन्दोलन पनि स्थगित

वकिल र अदालतका कर्मचारीबीच सहमति, आन्दोलन पनि स्थगित

फाइल तस्बिर


नेपालखबर
असार २१, २०८० बिहिबार १६:२९, काठमाडौँ

जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङमाथि कुटपिट भएपछि आन्दोलित बनेका अदालतका कर्मचारी र वकिलहरुबीच सहमति भएको छ।

अदालतकी नायब सुब्बा तामाङमाथि कुटपिट आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका थिए।

उनलाई केही दिन ललितपुर प्रहरी परिसरको हिरासतमा राखेर साधारण तारेखमा रिहा गरिएको थियो। 

जिल्ला अदालत ललितपुर र ललितपुर बार एशोसिएशनका तर्फबाट गठित वार्ता समितिले ७ बुँदे सहमति गर्दै आन्दोलन पनि आजैबाट स्थगित गरेको हो।

अदालतमा सेवा लेनदेनका क्रममा भएको घटनापछि दुवैतर्फबाट विषयान्तर भएको महसुस गरेका छन्। 

उनीहरुले सहमतिपछि जारी विज्ञप्तिमा उक्त घटनालाई लिएर अब उप्रान्त दुवै पक्षले द्वेषभाव नराखी विवादलाई अन्त्य गर्ने उल्लेख छ।

दुवै पक्षले आ-आफ्नो क्षेत्रमा काम गर्ने सहमति पनि गरेका छन्।

यस्तै ललितपुर जिल्ला अदालतको सीसीटीभी बिग्रिएकाले अविलम्ब मर्मत गरी सञ्चालन गर्न माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .