राजनीति


सभामुखलाई जोडेर सरकार गठनको दाबी गर्नु असंवैधानिक हुन्छ : शेखर कोइराला

सभामुखलाई जोडेर सरकार गठनको दाबी गर्नु असंवैधानिक हुन्छ : शेखर कोइराला

नेपालखबर
असार २१, २०८० बिहिबार १६:३६, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार गठनका क्रममा सभामुखलाई समेत गठन गर्ने कुराको संवैधानिक ब्याख्या नभएको बताएका छन्। सभामुखसमेतको हस्ताक्षरमा सत्ता गठबन्धनले कोशीमा आजै सरकार गठनको दाबी गर्ने तयारी सत्ता गठबन्धनको छ।

सो विषयमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सभामुख आफैंले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित पेस गरेको अवस्थामा संवैधानिक सर्वोच्चता विपरित हुन जाने बताएका हुन्। 

‘प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरि पठाउने कुराको संवैधानिक ब्याख्या छैन,’ डा. कोइरालाले भनेका छन्, ‘तर सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संबैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्त विपरित हुन जान्छ।’

सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्य संचालन गर्नु र अध्यक्षता गर्नु रहेको उनले बताएका छन्।

‘यदि संसदमा पेस भएका विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरित हुन जान्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .