ad ad

समाज


ललितपुरमा उपत्यकाका वकिलको धर्ना, देशभरका अदालतमा बहस ठप्प

ललितपुरमा उपत्यकाका वकिलको धर्ना, देशभरका अदालतमा बहस ठप्प

नेपालखबर
असार १८, २०८० सोमबार १४:५३, काठमाडौँ

जिल्ला अदालत ललितपुर अगाडी उपत्यकाका वकिलहरूले धर्ना दिएका छन्। नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेसहित पूर्व अध्यक्ष, पूर्व महान्यायाधिवक्तासहितको टोलीले अदालत अगाडी करिब साढे २ बजेसम्म धर्ना दिएका हुन्। 

आन्दोलनका कारण सोमबार पनि देशभरका अदालतमा बहस ठप्प भएका छन्। 

गत असार १३ गते अदालतमै कर्मचारीलाई कुटपिट भएको थियो। उक्त घटनामा पक्राउ परेका वकिल अमिर लामिछानेलाई आइतबार प्रशासनले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।

नासु तामाङमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभरका अदालतका कर्मचारीले दिउँसो साढे १ बजेसम्म कामकाज ठप्प पारेका थिए। 

बारले विज्ञप्ति जारी गर्दै रिहा नगरे सोमबार देशभरका अदालतमा बहस नगर्ने चेतावनी समेत दिएको थियो।

विरोध प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले अधिवक्ता लामिछानेविरुद्ध लगाइएको मुद्दा झुटो भएको भन्दै अविलम्ब खारेज हुनुपर्ने माग समेत राखेका छन्।

लामिछानेविरुद्ध अदालतमा पनि अवहेलनाको मुद्दा दायर भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .