खेल


विश्व सुपर स्टार रोनाल्डोको पोर्चुगललाई कंगोले बराबरीमा रोक्यो

विश्व सुपर स्टार रोनाल्डोको पोर्चुगललाई कंगोले बराबरीमा रोक्यो

नेपालखबर
असार ४, २०८३ बिहिबार ४:५३, काठमाडौँ

फिफा विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा डेमोक्रेटिक रिपब्लिक अफ कंगोले विश्व सुपर स्टार क्रिस्टियानो रोनाल्डो समावेश पोर्चुगललाई १–१ को बराबरीमा रोकेको छ। 

समूह ‘के’मा रहेर ५२ वर्षयता पहिलोपटक विश्वकप खेलिरहेको कंगोले ह्युस्टन रंगशालामा देखाएको प्रदर्शनलाई धेरैले अप्रत्याशित मानेका छन्। 

खेलको छैटौँ मिनेटमा पोर्चगुलले कंगोविरुद्ध १ गोलको अग्रता बनाएको थियो। पेड्रो नेटोको क्रसमा जाओ नेभासले हेडबाट कंगोविरुद्ध गोल गरेका थिए। तर त्यसपछि पोर्चुगलले थप गोल गर्न सकेन। 

पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा योएने बिसाले गोल गर्दै डीआर कंगोलाई पोर्चुगलविरुद्धको खेलमा १–१ को बराबरीमा ल्याए। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन्। 

यो खेलमा विश्व फुटवलका सर्वाधिक गोलकर्ता रोनाल्डोको प्रदर्शन पनि फिका रह्यो। उनले पोर्चुगलबाट १४७ गोल गरेका छन्। तर कंगोसँगको खेलमा उनी गोलविहीन रहे। 

यसपालि फ्रान्स र स्पेनसँगै पोर्चुगललाई उपाधिको प्रमुख दाबेदारका रुपमा हेरिएको छ। 

विश्वकपमा पोर्चुगलले सबैभन्दा राम्रो प्रदर्शन ६० वर्षअघि गरेको थियो। सन् १९६६ मा इंग्ल्यान्डमा भएको यो विश्वकपमा पोर्चुगिज टोली तेस्रो भएको थियो। त्यसयता भने पोर्चुगलको विश्वकप यात्रा संघर्षपूर्ण रहँदै आएको छ।
 
सन् २००६ मा जर्मनीमा सम्पन्न विश्वकपमा पोर्चुगलले सेमिफाइनलसम्मको यात्रा गरेको थियो। गत संस्करणमा यो टोली क्वार्टरफाइनलबाटै विदा भएको थियो। 

सन् २०१६ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेको पोर्चुगलले त्यसयता बलियो टोली हुनुका बाबजुद विश्वकपमा रवाफिलो प्रदर्शन गर्न सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad