समाज


ललितपुर अदालतमा कर्मचारी कुटिइन्, वकिल पक्राउ

ललितपुर अदालतमा कर्मचारी कुटिइन्, वकिल पक्राउ

फाइल तस्बिर : पक्राउ परेका वकिल अमिर लामिछाने


नेपालखबर
असार १४, २०८० बिहिबार १२:५१, काठमाडौँ

जिल्ला अदालत ललितपुरमा कर्मचारीलाई कुटपिट गरिएको छ। 

बुधबार अपराह्न अदालतकी नायब सुब्बा प्रेमिका तामाङलाई वकिलले कार्यालयमै कुटपिट गरेका हुन्। 

एकजना अभियुक्तको तारेख बुझ्न पुगेका अधिवक्ता अमिर लामिछानेले उनलाई हातपात गरेका हुन्।

तारेख दिने क्रममा अधिवक्ता लामिछानेले फाइल खोसेर लगेको र त्यसरी सक्कल फाइल लैजान मिल्दैन भन्दा वकिलले आफूलाई हातपात गरेको तामाङले बताएकी छन्। 

वकिलको कुटपिटबाट तामाङको मुखमा चोट लागेको छ। सर्ट च्यातिएको छ।

नासु तामाङले लामिछानेविरुद्ध जाहेरी दिएकी छन्। अहिले लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए। 

‘हातपातमा संलग्न व्यक्तिलाई हामीले तत्कालै पक्राउ गरेर हिरासतमा राखेका छौं। म्याद थप गरेर कारबाही अगाडि बढाउँछौं’, एसएसपी शाहले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad