ओखलढुंगामा १६ वर्षीया किशोरीलाई जबरर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका–३ अधेरी बस्ने ६५ वर्षीय फिन्चुले भन्ने रुखवीर राई रहेका छन्। राईलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो।
रुखवीर राईले गएको कात्तिक ८ गते र सिद्धिचरण नगरपालिका–३ बस्ने ४४ वर्षीय फुर्तिमान भन्ने सागर राईले मंसिर ११ गते ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूमध्ये रुखवीरलाई पक्राउ गरेको हो।
हाल फरार सागर राईको प्रहरीले खोजी गरिरहेको छ।
यता, इलाममा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोङ गाउँपालिका–१ शान्तिपुर कटहरे बस्ने ३० वर्षीय अमृत बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ।
राईले ती बालिकालाई बिगत ३ महिना अगाडि देखिनै जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बर्फल्याङबाट
खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया