समाज


टिपरले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

टिपरले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

सांकेतिक तस्बिर


नेपालखबर
असार २०, २०८० बुधबार १३:५३, काठमाडौँ

इटहरी उपमहानगरपालिका–६ वीरेन्द्र चोकस्थित सडकमा ना.१ ख ९१०७ नम्बरको टिपरले को.१४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा स्कुटर चालक इटहरी उपमहानगरपालिका–८ बस्ने ३९ वर्षीया सरिता चौधरी र स्कुटरमा सवार २१ वर्षीया अन्सु चौधरी रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएकी सरिताको धरान घोपा र अन्सुको विराटनगर न्यूरो अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad