भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किएका छन्। ३ असारको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो भौतिक क्षति पुर्याएपछि प्राविधिक सहित अवलोकनमा निस्किएका हुन्।
मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो भने केही स्थानका बेलिब्रिज र झुलुङगे पुल पनि बगाएको थियो।
हेवा खोलामा बेलिब्रिजको काम तिव्ररुपमा भइरहेको छ। निर्माणधिन बेलिब्रिज र भौतिक क्षति भएका क्षेत्रको दुई दिने स्थलगत भ्रमणका लागि मन्त्री पूर्वी नेपाल प्रस्थान गरेका छन्।
मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपमहानिर्देशक रामहरी पोखरेललगायत प्राविधिकको टोली पनि भ्रमणमा रहेको छ।
Shares

प्रतिक्रिया