ad ad

कारोबार


डन्डी, सिमेन्ट, रङरोगन, इँटा क्षेत्रका कर्जा पुनसंरचनाको सुविधा पाउने

डन्डी, सिमेन्ट, रङरोगन, इँटा क्षेत्रका कर्जा पुनसंरचनाको सुविधा पाउने

नेपालखबर
असार १५, २०८० शुक्रबार १५:७, काठमाडौँ

आर्थिक वर्ष सकिन लाग्दा नेपाल राष्ट्र बैंकले सहुलियत पाउने क्षेत्रको दायरा फराकिलो बनाएको प्रष्ट पारेको छ। शुक्रबार एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले डन्डी, सिमेन्ट, रङरोगन, इँटा टायल, फिटिङ क्षेत्रलाई पनि कर्जाको पुनसंरचना र पुनतालिकीकरणको सुविधान पाउने बताएको हो।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दै नेपाल राष्ट्र बैंक निर्माण क्षेत्रसँग सम्बन्धित कर्जालाई ऋणीको अनुसारमा उद्योग व्यवसयाको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्वको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी विभिन्न सर्तको अधिनमा रही कर्जाको पुनतालिकीकरण तथा पुनसंरचना गर्न सकिने व्यवस्था भएको थियो।

त्यसमा निर्माण क्षेत्र अन्तर्गत आवासीय (घरयासी प्रयोजन), गैरआवसीय (व्यापारिक प्रयोजन र वृहत् निर्माण) राजमार्ग आदि क्षेत्रमा कर्जाको साथै त्यसमा सम्बन्धित उद्योगहरू समेत समावेश गरेको छ।

प्रत्यक्ष रुपमा सम्बन्धित डन्डी, सिमेन्ट, रङरोगन, इँटा, टायल, फिटिङ क्षेत्रमा प्रभावित कर्जासमेत समावेश हुने भन्दै राष्ट्र बैंकले सूचना जारी गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .