ad ad

समाज


पहिरोले बिहीबारदेखि बन्द नारायणगढ-मुग्लिन सडक अझै खुलेन, यात्रुको बिजोग

आज यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध
पहिरोले बिहीबारदेखि बन्द नारायणगढ-मुग्लिन सडक अझै खुलेन, यात्रुको बिजोग

पहिरोले नारायणगढ-मुग्लिन सडक बन्द हुँदा यात्रुको बिजोग।


नेपालखबर
असार १५, २०८० शुक्रबार ७:३६, भरतपुर

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बिहीबार दिउँसो देखि बन्द छ। आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन। 

चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि उक्त सडक बन्द भएको हो।

त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ। पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय (मुग्लिन) का प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। 

पहिरोले नारायणगढ-मुग्लिन सडक बन्द।

उनले पहिरो झरेर पहाड बनेको र पन्छाउन छ/सात घन्टा लाग्ने बताए।  

‘दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन’, तामाङले भने। 

पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार राति पन्छाउने काम हुन सकेन। पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्थामा राखिएको छ। सडकमा गाडीको लामो लाइन लागेको छ। सयौँ यात्रु समस्यामा छन्। 

नारायणगढ-मुग्लिन सडक बन्दले यात्रु अलपत्र।

काठमाडौँबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

आज यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ। बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .