ad ad

समाज


सबै प्रदेशमा वर्षा, मधेशसहित तराई क्षेत्रमा हावाहुरीको पनि सम्भावना

सबै प्रदेशमा वर्षा, मधेशसहित तराई क्षेत्रमा हावाहुरीको पनि सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार ११, २०८० सोमबार ७:१५, काठमाडौँ

आज (सोमबार) पनि सबै प्रदेशमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै तराईमा हावाहुरी पनि आउने सम्भावना देखिएको जनाइएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस क्रममा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

साथै दिउँसो मधेश प्रदेशका धेरै स्थान र बाँकी तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ। 

यस्तै राति पनि कोशी,  बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी भूभागका  थोरै ठाउँमा मेघगर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस क्रममा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

साथै राति कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थान र बाँकी तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ। 

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार एक/दुई दिनका लागि पानी पार्ने खासै ठूलो प्रणाली छैन।

‘खासगरी अहिले तराईमा मनसुन सक्रिय देखिएको छैन’, उनले भने, ‘त्यही कारण पनि तराईमा एक/दुई दिनलाई हावाहुरीको सम्भावना बढेको हो।’

काठमाडौंमा साँझपख वर्षाको सम्भावना
मौसमविद् वरुण पौडेलले तत्काललाई काठमाडौं उपत्यकामा वर्षाको सम्भावना नदेखिएको बताएका छन्। 

‘साँझपख चाहिँ हल्कादेखि मध्यमसम्म वर्षा हुनसक्छ’, उनले भने। 

मौसम महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्र प्रभावित हुन सक्ने देखिन्छ। भारी वर्षा र मेघगर्जन/चट्याङका कारणले हुनसक्ने बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहावका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .