अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिको जलहरीमा लगाएको सुन जोख्न थालेको छ। सुनको जहलरी प्रकरणमा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गर्न पुगेको आयोगको टोलीले अहिले सुन जोखिरहेको छ।
अख्तियारको टोली पुग्ने भएपछि पशुपतिका चार वटै ढोका बन्द गराएर मन्दिर खाली गराइएको थियो।
उच्च स्रोतका अनुसार आज जलहरीमा भएको सुन जोख्नका लागि टोली पशुपति पुगेको हो।
अहिले पशुपति क्षेत्रमा प्रहरी तैनाथ गरिएको छ।
पशुपतिनाथस्थित शिवलिङ्गको गर्भगृहलाई पूरै ढाक्ने गरी सुनको जलहरी राख्दा भएको आम्दानी र खर्च विवरणबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि छानबिनको जिम्मा अख्तियारमा पुगेको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालमा १०७ केजी ९२४।७४ ग्राम सुन प्रयोग गरी बनाइएको भनिएको उक्त जलहरीलाई लिएर गत जेठमा संसद् विवाद भएको थियो।
त्यसबेला नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो प्रकरण अख्तियारले छानबिन गरेर टुंगोमा पुर्याउने बताउँदै संसद्मा विवाद गर्नु उचित नभएको उल्लेख गरेका थिए।
Shares

प्रतिक्रिया