ad ad

समाज


गाउँपालिकालाई अख्तियारको चिठी : मरेका व्यक्तिले कसरी लगे वृद्धभत्ता?

गाउँपालिकालाई अख्तियारको चिठी : मरेका व्यक्तिले कसरी लगे वृद्धभत्ता?

फाइल तस्बिर


नेपालखबर
जेठ ३२, २०८० बिहिबार १२:८, काठमाडौँ

जनप्रतिनिधि आइसकेपछि पनि स्थानीय तहका विकृति कम भएका छैनन्।

यस्तै एउटा विकृतिलाई लिएर एउटा गाउँपालिकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र नै काटेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय पोखराले बुधवार सामाजिक सुरक्षा भत्तालाई लिएर तनहुँको देवघाट गाउँपालिकालाई स्पष्टीकरण सोधेको छ।

मृत्यु भइसकेका व्यक्तिहरुको खातामा सामाजिक सुरक्षा भत्ता निकासा भएको उजुरी परेपछि अख्तियारले स्पष्टीकरणसहितको प्रमाणित कागजपत्र पठाउन गाउँपालिकालाई निर्देशन दिएको छ।


आर्थिक वर्ष २०७८/७९ मा सामाजिक सुरक्षा भत्ता दिँदा गाउँपालिकाले मृत्यु भइसकेका बैंक खातामा २४ हजार ४०० रुपैयाँ पठाएर राज्यकोषलाई हानी नोक्सानी गरेको उजुरीमा उल्लेख छ।

‘के कसरी मृत्यु भएका व्यक्तिको खातामा रकम निकासा गरिएको हो? विस्तृत व्यहोरा खुलाई पत्र प्राप्त भएको मितिले १५ दिनभित्र प्रतिक्रियासहित प्रमाणित कागजातहरुको प्रतिलिपि पठाइदिनुहुन अनुरोध छ’, अख्तियारले सोधेको स्ष्टीकरणमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .