अभिनेता अमिताभ बच्चन आफ्ना फ्यानहरूलाई आकर्षित गर्न इन्स्टाग्राममा रमाइला क्याप्सनसहित आफ्ना पुराना तस्बिर सार्वजनिक गरिरहन्छन्।
यसैबीच बुधबार उनले छोरी श्वेता र अभिनेत्री ट्विङ्कल खन्नाको तस्बिर राखे। जहाँ उनले रमाइलो क्याप्सन पनि राखे। उनका फ्यान र सेलिब्रेटीहरू त्यो तस्बिर देखेर रमाए।
अमिताभले छोरी श्वेता र ट्विङ्कलको बाल्यकालमा रमाइलो अनुहार बनाएको तस्बिर राखेका थिए। तर श्वेताले पनि अमिताभको त्यस्तै 'फनी' अनुहारको तस्बिर शेयर गरेर बदला लिइन्।
श्वेताले राखेको बुवाको तस्बिरमा अमिताभले आफ्नो जिभ्रो बाहिर निकालेका छन्। तस्बिरमा अमिताभसँग श्रीमती जया र छोराछोरी अभिषेक र श्वेता पनि देखिएका छन्।
तस्बिर क्याप्सनमा उनले हाँसेको इमोजीसहित लेखेकी छन्, 'प्रिय बुवा, मैले तपाईंको पोस्ट हेरेकी छु, र म तपाईंभन्दा अगाडि छु।'
फ्यानहरूले उक्त पोस्टमा रमाइलो प्रतिक्रिया दिइहरेका छन्। बुवा-छोरीले गरेको रमाइलोको तारिफ पनि गरिरहेका छन्।
Shares
प्रतिक्रिया