ad ad

समाज


गजल गायक निशान भट्टराईको कार दुर्घटनामा मृत्यु

गजल गायक निशान भट्टराईको कार दुर्घटनामा मृत्यु

नेपालखबर
पुस २९, २०७६ मंगलबार ३:२०,

बरिष्ठ गजल गायक निशान भट्टराईको कार दुर्घटनामा मृत्यु भएको छ।

काठमाडौँको तीनकुनेमा सोमबार राति बा १० च ३०४ नम्बरको कार दुर्घटना हुँदा भट्टराईको ज्यान गएको हो।

सुनसरीको धरान उपमहानगरपालिका १४ स्थायी घर भएका भट्टराई रेस्टुरेन्टमा गजल गायनमा सक्रिय थिए। उनी गायिका लोचन भट्टराईका भाइ हुन्।

बिजुलीको खम्बामा कार ठोक्किँदा गम्भीर घाइते भएका भट्टराईको उपचारको क्रममा मङ्गलबार बिहान राष्ट्रिय ट्रमा सेण्टरमा मृत्यु प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भट्टराई दरबारमार्गमा रहेको बानथाई रेस्टुरेण्टमा नियमित काम गरेर घर फर्कने क्रममा दुर्घटना भएको हो।

कार उनी आफैँले चलाएका थिए। उनका श्रीमती, एक छोरा एक छोरी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .