ad ad

समाज


बुधबार बिहान ६ बजेसम्मको मौसम अनुमान– तराईमा ‘लु’, पहाडमा चट्याङको जोखिम

बुधबार बिहान ६ बजेसम्मको मौसम अनुमान– तराईमा ‘लु’, पहाडमा चट्याङको जोखिम

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ २३, २०८० मंगलबार ६:५९, काठमाडौँ

तराईमा ‘लु’ (गर्मीले स्वास्थ्यमा आउने समस्या) र पहाडमा चट्याङको जोखिम रहेकाले होसियारी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार विशेषगरी मध्य तथा पूर्वी तराइमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण ती क्षेत्रमा तातो हावा/लु (Heat Wave) चलिरहेको छ। 

‘पश्चिम तराईमा भने तापक्रम केही घटेको छ’, महाशाखाकी मौसमविद् सजिना शाक्यले भनिन्। 

यस्तै आज बिहान ६ बजेदेखि भोलि (बुधबार) बिहान ६ बजेसम्मका लागि गरिएको अनुमानमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही स्थान (३० देखि ५० प्रतिशत भूभाग) तथा बाँकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान (१० देखि ३० प्रतिशत भूभाग) मा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी तथा मधेश प्रदेशका तराईका एक/दुई स्थानमा हावाहुरीको समेत सम्भावना छ। 

आगामी २४ घण्टा (आज बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ– तसर्थ अत्यधिक गर्मी, मेघगर्जन/चट्याङ तथा हावाहुरीबाट हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। 

यसैबीच आज काठमाडौं उपत्यकामा भने आज पानी पर्ने सम्भावना ३० प्रतिशत मात्र रहेको मौसमविद् शाक्यले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .