ad ad

राजनीति


दुवै सदनका अलग-अलग बैठक बस्दै, राष्ट्रियसभामा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

दुवै सदनका अलग-अलग बैठक बस्दै, राष्ट्रियसभामा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

फाइल तस्बिर


नेपालखबर
जेठ २३, २०८० मंगलबार ७:२७, काठमाडौँ

आज संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का अलग–अलग बैठक बस्दै छन्।

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक संसद् भवन (नयाँ बानेश्वर) मा बिहान ११ बजे सुरु गर्ने तयारी छ भने राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर ११ मिनेट जाँदा बस्नेछ।  

प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटबारेको छलफल जारी रहनेछ भने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेलगायत सम्भावित कार्यक्रम छन्। 

सार्वजनिक सम्भावित कार्यसूचीअनुसार आजको राष्ट्रिय सभाको बैठकका लागि तय गरिएका अन्य कार्यक्रममा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत र यस विषयमा छलफल प्रारम्भ गर्ने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .