ad ad

समाज


मातेकी युवतीले बम पड्काउने धम्की दिएपछि एयर एसियाको विमान आपतकालीन अवतरण

मातेकी युवतीले बम पड्काउने धम्की दिएपछि एयर एसियाको विमान आपतकालीन अवतरण

नेपालखबर
पुस २८, २०७६ सोमबार ५:४५,

एक युवतीले विस्फोट गर्ने धम्की दिएपछि कोलकाताबाट मुम्बईका लागि उडेको एयर एसियाको विमान आपतकालीन अवतरण गरेको छ।

शनिबार राति सो घटना भएको थियो। विमानमा १ सय १४ यात्रु सवार थिए। कोलकातामा अवतरणपछि छानबिन गर्दा कुनै विस्फोटक पदार्थ नभेटिएको बताइएको छ।

कोलकातास्थित नेताजी सुभाषचन्द्र बोस विमानस्थलबाट राति ९: ५७ मा विमान उडेको थियो। त्यसको ४० मिनेटपछि विमानमा सवार एक २५ वर्षीया महिलाले पाइलटलाई दिनु भन्दै एउटा लेखोट दिएकी थिइन्। सो लेखोटमा उनले आफ्नो शरीरमा बम बाँधिएको र जुनसुकै बेला पड्काइदिन सक्ने धम्की दिएकी थिइन्।

यसबारे पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए। राति ११ बजे विमानमा आपतकाल घोषणा गरिएको थियो। त्यसपछि विमानलाई पुनः कोलकातातिरै फर्काइएको थियो। विमान ११:४६ मा अवतरण गरिएको थियो।

प्रहरीले ती यात्रुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनीको शरीरमा बम नभेटिएको बरु उनी नसामा रहेको थाहा भएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .