आइतबार राति स्पेनिस सुपर कपको फाइनलमा रियल मड्रिडले एथ्लेटिकोलाई पेनाल्टीमा ४–१ ले पराजित गरेको हो।
निर्धारित ९० मिनेटको समय गोल रहित भएपछि ३० मिनेट समय थप गरिएको थियो।
त्यस समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो। रियलका लागि पेनाल्टीमा डेनी कार्भाजाल, रोड्रिगो, लुका मोड्रिच र सर्जियो रामोसले गोल गरे।
एथ्लेटिकोका लागि केरियन ट्रिपरले गोल गर्दा साउथ निग्युज र थोमसले गोल गर्न नसकेपछि एथ्लेटिको पराजित हुन पुग्यो।
प्रतिक्रिया