प्रहरीले १७ महिने बालिकाको हत्यामा संलग्न विष्णु लामालाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ।
आइतबार काठमाडौंको बौद्धबाट लामालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत बौद्धका डीएसपी रमेशबहादुर सिंहले नेपालखबरलाई जानकारी दिए।
लामामाथि सिन्धुपाल्चाेकमा १७ महिने बालिकालाई चिर्पट प्रहार गरी हत्या गरेकाे अभियाेग छ। २८ वर्षीय लामाले आपसी झगडाका क्रममा अर्का ब्यक्तिलाई हानेकाे चिर्पट बालिकालाई लागेकाे थियाे।
यस्तै उनले गत वर्ष भदाैमा मेडिकल शिक्षाका एक विद्यार्थीमाथि खुकुरी प्रहार गरी घाइते बनाएकाे प्रहरीले जनाएकाे छ।
प्रहरीले नियन्त्रणमा लिन खाेज्दा भागेका लामालाई गाेली प्रहार गरी नियन्त्रणमा लिइएकाे हाे। उनकाे बायाँ खुट्टाकाे पिँडुलामा गाेली लागेकाे डीएसपी सिंहले बताए।
लामाकाे समूह अपहरण तथा फिराैती असुलीमा संलग्न रहेकाे प्रहरीकाे आराेप छ।
Shares

प्रतिक्रिया