ad ad

समाज


नेपालगञ्जको ड्रिमल्यान्ड ब्वाइज होस्टेलमा एक युवा मृत भेटिए

नेपालगञ्जको ड्रिमल्यान्ड ब्वाइज होस्टेलमा एक युवा मृत भेटिए

नेपालखबर
पुस २७, २०७६ आइतबार ९:४९,

नेपालगञ्जको ड्रिमल्यान्ड ब्वाइज होस्टेलमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

नेपालगञ्ज उपमहानगरपालिका १२ मुक्तिपुरस्थित ड्रिमल्यान्ड ब्याइज होस्टेलमा बस्दै आएका विरेन्द्रनगर नगरपालिका ५ चिसापानीका २२ वर्षीय हिमाल शाही मृत भेटिएका हुन्।

होस्टेलमा सुतिरहेका शाही बिहान अवेससम्म नउठेपछि उनका साथी निराजन शाही खाना खानका लागि उठाउन कोठामा पुग्दा उनी मृत भेटिएका हुन्।

शाहीको मुखमा फिँज आएको र शरीर कठ्यांग्रिएको जस्तो देखिएपछि उनलाई उनलाई नेपालगञ्ज नर्सिङ होममा लगिएको थियो। अस्पताल पु¥याउनासाथ उनलाई डाक्टरले मृत घोषित गरेका थिए।

डाक्टरले चिसोका कारण कठ्यांग्रिएर उनको मृत्यु भएको हुनसक्ने बताएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसनधान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .