ad ad

खेल


न्यू डायमण्ड भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

न्यू डायमण्ड भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

नेपालखबर
पुस २७, २०७६ आइतबार ९:५३,

होंगान्जी न्यू डायमण्ड भलिबल प्रतियोगिताको उपाधि ससस्त्र प्रहरीको एपीएफले जितेको छ। आइतबार भएको खेलमा आयोजक न्यू डायमण्ड क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि रक्षा गरेको हो।

लगातार तेस्रो संस्करणमा भिडेका यी दुई टोलीबीचको पछिल्लो दुई संस्करण एपिएफले जितेको हो। पहिलो संस्करण भने न्यू डायमण्डले जितेको थियो। फाइनल खेल एपिएफले २५–२०,२५–२३ र २५–१८ को सेटमा आफ्नो पक्षमा पारेको हो।

उपाधिसँगै एपिएफले ४ लाख १ सय १ रुपैयाँ प्राप्त गरेको छ। त्यस्तै डायमण्डले ३ लाख १ सय १ रुपैयाँ प्राप्त गरेको छ।

आजै भएको तेस्रो स्थानको खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ। अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस तेस्रो भएको हो ।

गोगंबु बसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको मैदानमा आइतबार भएको खेलमा पुलिसले आर्मीलाई २५–२२, २५–९ र २५–१२ ले पाखा लगाएको थियो। जितसँगै पुलिसले १ लाख ५१ हजार १ सय १० रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै आर्मीले ५१ हजार रुपैयाँ प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .