सत्तारुढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि सभामुख चयन प्रक्रिया अन्योलमा परेको छ।
कार्यतालिकाअनुसार सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्न प्रतिनिधिसभाको बैठक आइतबार बस्नुपर्ने हो।
तर नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेकाले बैठक बोलाउने नबोलाउने अन्योल बढेको संसद सचिवालय स्रोतले जनाएको खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।
यस अघि दुईपटकसम्म दुई दिनभित्रै सभामुख चयन गर्ने गरी कार्यतालिका तय गरिएको थियो।
तर, नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि पुस ११ र १६ मा बोलाइएको संसद बैठक सूचना टाँसेर स्थगित गरिएको थियो।
प्रतिक्रिया