समाज


कपिलवस्तुका उखु किसानको काठमाडौंमा धर्ना (फोटो/भिडिओ)

कपिलवस्तुका उखु किसानको काठमाडौंमा धर्ना (फोटो/भिडिओ)

नेपालखबर
जेठ ६, २०८० शनिबार १६:५२, काठमाडौँ

सरकारले अनुदान नदिएपछि कपिलवस्तुका उखु किसानहरू काठमाडौंमा धर्नामा बस्न बाध्य भएका छन्।

२०७१ सालमा उखुमा दिने भनिएको अनुदान आफूहरुले मात्रै नपाएपछि काठमाडौंको माईतीघर मण्डलामा आएर धर्नामा बस्न बाध्य हुनुपरेको कपिलवस्तु उखु किसान संघर्ष समितिका सदस्य रामलाल कलवारले जानकारी दिए। 

२०७१ सालमा सरकारले उखु किसानहरुलाई प्रतिक्वीटल २५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो। तर सो रकम अझसम्म पनि सरकारले नदिएपछि न्यायको खोजीमा उनीहरू काठमाडौं आएका हुन्।

भिडिओ:

अनुदानको रकम लिनका लागि जिल्ला प्रशासन कार्यालयम दिइएको दबाब काम नलागेपछि काठमाडौंमा आएर धर्नामा बस्नुपरेको संघर्ष समितिका सदस्य रामलाल कलवारले बताए।

उनले आफूहरुलाई सो अनुदान नदिएसम्म धर्नाको कार्यक्रम अन्त्य नगर्ने चेतावनी समेत दिए।

उनीहरुले अन्य जिल्लालाई दिइएको त्यो अनुदानको बापतको रकम आफूलाई नदिएको भन्दै ५ दिनयता काठमाडौंमा धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्।

तर सरकारले कुनै सुनुवाई नगरेको उनीहरुको गुनासो छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .