राजनीति


समयमा काम नगर्ने ठेकेदारको पटक-पटक म्याद थप गरिन्न : मन्त्री गुरुङ

समयमा काम नगर्ने ठेकेदारको पटक-पटक म्याद थप गरिन्न : मन्त्री गुरुङ

नेपालखबर
जेठ ६, २०८० शनिबार १७:०, काठमाडौँ

शहरी विकासमन्त्री सीता गुरूङले सम्झौताबमोजिम समयमा काम पूरा नगर्ने ठेकेदारलाई सरकारले पटक–पटक म्याद थप नगर्ने बताएकी छन्। शनिबार ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्रीहरूको आवास भवन निर्माणको स्थलगत अनुगमनपछि मन्त्री गुरूङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई आग्रह गरिन्।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले निर्माण गरिरहेको भवन सरकारले ०७६ कात्तिकमै ठेक्का लगाएको थियो। तर कोभिड-१९ र अन्य कारणले निर्माणमा अवरोध भएको थियो। त्यसयता भवन निर्माणकालागि तेस्रो पटक थपिएको म्याद पनि सकिँदैछ।

मन्त्री गुरूङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिइन्।

‘विकास निर्माणको काम समयमै पूरा हुन्छ भन्ने विश्वास नै गुमिसक्यो। कुनै पनि योजना सम्झौताबमोजिम पूरा नहुने अवस्था हुनु राम्रो होइन,’ मन्त्री गुरूङले भनिन्, ‘सरकारले काम नगर्ने ठेकेदारलाई पटक-पटक म्याद थप्दैन। बरू कामदारको संख्या बढाउनुस्, दिनरात गरेर भएपनि काम गर्नुस्, तर यथासक्य काम पूरा गर्नुस्।’

त्यसक्रममा मन्त्री गुरूङले भवन निर्माण क्षेत्र वरपरका स्थानीयबासीहरूसँग समेत छलफल गरेकी थिइन्।

स्थानीयबासीहरूले भवन निर्माणसँगै आसपासको सडक निर्माण, ढल निर्माण लगायतका योजनामा समेत सरकारले लगानी गरिदिनुपर्ने माग गरेका थिए । मन्त्री गुरूङले स्थानीयबासीका माग सुनेपछि ती मागहरूका बारेमा आवश्यक समन्वय गरेर काम अघि बढाउने आश्वास्त पारिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .